१४० करोड कमाउने ‘हनुमान’को सिक्वेल बन्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०८०
|
|
२१ पटक हेरिएको
Shares
१४० करोड कमाउने ‘हनुमान’को सिक्वेल बन्ने

सारांश

  • मुम्बई।
  • सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ।
  • चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पुर्‍यायो।

मुम्बई। सन् २०२४ को पहिलो ब्लकबस्टर फिल्म ‘हनुमान’ ले बक्स अफिसमा राज गरिरहेको छ।

चलचित्र सुस्त गतिमा सुरु भएपनि चलचित्रले जुन गति लिएको छ, त्यसले अन्य निर्माताहरुलाई पसिना पसिनामा पुर्‍यायो। बक्स अफिसमा निकै न्यून कलेक्सनबाट सुरु भएको ‘हनुमान’ले सुपरस्टार महेश बाबुको ‘गुंटुर करम’ को विश्वव्यापी कलेक्शन तोडेर सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले फिल्मको दोस्रो भागको घोषणा गरेको हो।

फिल्म ‘हनुमान’ जनवरी १२ मा हिन्दीका साथै दक्षिणी भाषामा पनि थिएटरमा रिलिज भएको थियो। त्यस दिनदेखि यो फिल्म लगातार चर्चामा छ। मात्र २० करोडमा बनेको यो फिल्मले निर्मातालाई सोचे भन्दा बढी बनाएको छ। रामलाला प्राण प्रतिष्ठाको अवसरमा पनि ‘हनुमान’ ले निकै कमाई गरेको छ र यसै दिन उनीहरुले फिल्मको सिक्वेलको घोषणा पनि गरेका छन् । यस फिल्मका मुख्य अभिनेता तेजा सज्जा भने दोस्रो पार्टमा देखिने छैनन्।

२० करोडको बजेटमा बनेको फिल्म ‘हनुमान’ले एक सय ३० करोडभन्दा बढी कलेक्शन गरेर सबैलाई चकित बनाएको छ। सैकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार हनुमानले दोस्रो सोमबार अर्थात् रिलिजको ११ औं दिनमा ७.५० करोड भारु कलेक्सन गरेको छ। योसँगै ‘हनुमान’को कुल कमाई अहिले १३९.५५ करोड रुपैयाँ पुगेको छ।

‘हनुमान’को अभूतपूर्व सफलताबाट निर्माताहरु निकै खुसी छन् र यसैले अयोध्यामा रामलाला प्राण प्रतिष्ठाको अवसरमा ‘हनुमान’ को अर्को पार्ट घोषणा गरेर निर्माताले फ्यानहरुलाई ठूलो उपहार दिएका छन्। ‘हनुमान’ को अर्को भाग ‘जय हनुमान’ शीर्षकको साथ रिलिज हुनेछ। यसको पोस्टर पनि सार्वजनिक भएको छ।

‘जय हनुमान’को सिक्वेलमा तेजा सज्जा हनुमान मुख्य कलाकार हुनेछैनन् । मिडिया रिपोर्टका अनुसार प्रशान्त वर्माले फिल्मको सम्बन्धमा बयान दिएका थिए जसमा उनले तेजा सज्जा ‘हनुमान’ को सिक्वेल ‘जय हनुमान’ मा मुख्य नायक नहुने बताएका थिए। यो फिल्ममा उनी ‘हनुमन्थु’ को रुपमा देखिनेछन्। तर, ठूला कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?