नेपालगञ्जमा पनि बकर इदको रमझम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
नेपालगञ्जमा पनि बकर इदको रमझम

सारांश

  • इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ ।
  • बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।
  • इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए ।

इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेको नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । बकर इदका अवसरमा आज बिहानै नेपालगञ्जको बिपी चोकस्थित इदगाहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् । इदगाहमा जम्मा भएको मुस्लिम समुदायले मुलुकमा अमन चयन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुस्लिम समुदायका अगुवा मोहम्मद हारुन हलवाइले जानकारी दिए ।

बकर इदको अवसरमा नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले सम्पूर्ण देशवासीमा बकर इदको शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गरेका छन् ।

बकर इदको शुभकामना आदानप्रदानका लागि गैरमुस्लिम धर्मावलम्बी पनि इदगाह पुगेका थिए । नेपालगञ्ज उपमहानगरका नगरप्रमुख प्रशान्त विष्ट, पूर्व नगरप्रमुख डा.धवलशम्शेर राणा, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो । तीन दिनसम्म मनाइने यो पर्वमा हज र कुर्वानी (बलि) दिनुपर्ने विशेषता छ । बकर इदमा हज र कुर्वानी अनिवार्य भएकाले मुस्लिम समुदायले इदगाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु बलि कुर्वानी दिने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भारतको रोजगारले सुनसान बनाएको नौलाकोट गाउँ
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट विजयी !
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
जेठ १३ गतेको राशीफलले के भन्छ, थाहा पाउनुस्
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
 वीरगञ्जमा गोली चल्याे !
 वीरगञ्जमा गोली चल्याे !

तपाईंले छुटाउनुभयो कि?