नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
नेपालमा कोरोना संक्रमितको संख्या बढ्यो

सारांश

  • काठमाडौं ।
  • नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
  • आज एकैदिन कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज एकैदिन कोरोना संक्रमितको संख्या १ सय पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?