नेपालमा प्रतिघण्टा ३ जनामा फैलियो कोरोना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ६, २०७७
|
|
४० पटक हेरिएको
Shares
नेपालमा प्रतिघण्टा ३ जनामा फैलियो कोरोना

सारांश

  • काठमाडौं ।
  • नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्।
  • स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौं । नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्। धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस(१ का एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए।

योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ। सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा र बाँकेमा गरी दुई जनाको मृत्यु भएको छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ