नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह

सारांश

  • काठमाडौँ, २८ माघ ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
  • दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताउनुभएको हो ।

काठमाडौँ, २८ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकाले लगानीको वातावरण बनेको बताउनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रहनुभएका ढकालले नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थिर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकाले नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको हो ।

नेपाल सरकारले आगामी महीना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण गराउँदै उहाँले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्तालाई आमन्त्रण गर्नुभयो ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानून निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकाले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रमा लगानी गरी पारस्परिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले नेपाल सरकारद्वारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानूनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकको क्षमता अभिवृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोड दिनुभयो ।

दक्षिण एशियाका लगानीकर्ता एवं रोजगारदाताले यस खालको मञ्चबाट निकै फाइदा लिन सक्ने धारणा राख्दै ढकालले सार्क देशमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा लगानीका क्षेत्रमा पनि साझा खालका अवसर र चुनौती रहेकाले यस्ता मञ्चबाट साझा लाभ लिन सकिने बताउनुभयो ।

दक्षिण एसियाली क्षेत्रका सरकारहरुलाई पनि आर्थिक सामाजिक क्षेत्रको विकास तथा आपसी आर्थिक हित प्रवद्र्धनका लागि आवश्यक र उपयुक्त नीति बनाउन यस्ता मञ्चबाट सामूहिक रुपमा सुझाव दिन या आग्रह गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँले यस रोजगारतादाहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्दाहरुमा मिलेर काम गर्न, पर्यटन, ऊर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभ लिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग आग्रह गर्नुभयो ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको नयाँ दिल्लीमा आजदेखि शुरु भएको यो आठौँ बैठक हो । यो बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ ।

सार्क देशका उद्योग वाणिज्य सङ्घ, महासङ्घ तथा चेम्बर अफ कमर्सलगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल गर्ने कार्यक्रम रहेको नयाँदिल्लीबाट ढकालले जानकारी दिनुभयो ।

(https://blogs.20minutos.es)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
कर्मचारीलाई उच्च मनोबलयुक्त र उत्प्रेरित राख्‍न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान
देशैभर मनसुन सक्रिय,यसवर्ष औसत वर्षा हुने अनुमान
असोज १३ गते सोमबारको राशिफल यस्तो छ
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
कोरोनाको संक्रमण : मृत्यु हुनेकाे संख्या ४७ हजार १ सय ९२ पुग्याे
खेलाडीका परिवारलाई ७ लाख हस्तान्तरण
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
ठग्ने व्यापारीलाई कारबाही गर्छु : आपूर्ति मन्त्री यादव
सरकारी वकिलको कार्यलयबाटै विवादास्पद फाइल गायब
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !