‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
‘तेस्रो चरणको चुनाव गराउन निर्वाचन आयोग सक्षम छ’

सारांश

  • वीरगञ्ज, ५ भदौ ।
  • निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।
  • प्रदेश नं २ को व्यापारिक नगरी वीरगञ्जमा आज आयोजित अन्तक्रियामा बोल्दै आयुक्त पौडेलले संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले असोज २ गते स्थानीय तहको निर्वाचन असम्भव रहेको भनेर हामीले असन्तुष्टि व्यक्त गरे पनि सरकारमा रहेका राजनीतिक दलले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने अडान लिएपछि निर्वाचन गराउन आयोग सक्रिय भएको छ भन्नुभयो ।

वीरगञ्ज, ५ भदौ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताउनुभएको छ ।

प्रदेश नं २ को व्यापारिक नगरी वीरगञ्जमा आज आयोजित अन्तक्रियामा बोल्दै आयुक्त पौडेलले संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले असोज २ गते स्थानीय तहको निर्वाचन असम्भव रहेको भनेर हामीले असन्तुष्टि व्यक्त गरे पनि सरकारमा रहेका राजनीतिक दलले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने अडान लिएपछि निर्वाचन गराउन आयोग सक्रिय भएको छ भन्नुभयो ।

आयुक्त पौडेलले राजनीतिक दलका प्रतिनिधिले नै निर्वाचन आचारसंहिता बनाएको र उनीहरु नै आचारसंहिता उल्लंघन गर्छन् भने त्यस्ता दलका उम्मेदवारलाई भोट नदिन मतदाताहरुसँग आग्रह गर्नुभयो ।

उहाँले तोकिएकै समयमा स्थानीय तह, प्रदेश र संसदीय चुनाव गरिएन भने वर्तमान संविधान काम नलग्ने उल्लेख गर्दै विभिन्न भाषामा मतदाता शिक्षालाई प्रभावकारीरुपमा अघि बढाएको बताउनुभयो ।

उहाँले मत बदर नहोस् भनेर हामीले मतदाता शिक्षामा जोड दिएको बताउँदै असोज २ गते विश्वकर्मा पूजा भएकाले निर्वाचन नगर्न सरकारलाई आग्रह गर्दा राजनीतिक दलले नमानेकाले सो दिन निर्वाचन हुने बताउनुभएको छ ।

यसैगरी निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल सरकारको निर्णयअनुसार प्रदेश नं २ मा नयाँ संरचनाअनुसार मतदाता नामावली तयार भइरहेको बताउँदै मतदाता नामावली बनाउने, मतपत्र छापिने र मतदानस्थल, केन्द्र निर्धारण गर्ने काम भइरहेको बताउनुभयो ।

कुनै पनि मतदाता कसैको डर, त्रास, लोभ लालचमा नपरेर आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गर्दै प्रवक्ता शर्माले भयरहित वातावरणमा मतदान गर्न आग्रह गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय पर्साका निर्वाचन अधिकारी हुमनाथ पराजुलीको सभापतित्वमा भएको सो अन्तरक्रियामा पुर्षोत्तमलाल झा, अनिल तिवारी, शंकर चौरसिया, रामबाबु यादव, अच्छेलाल साह, प्रेमबाबु पटेल, ध्रुव अधिकारी, प्रेमशंकर सिंहलगायतका राजनीतिक दलका नेता तथा सञ्चारकर्मीले राहतको नाम बाढीपीडितलाई प्रभाव पार्ने गरी राहत वितरण गरेकाले आचारसंहिताको उल्लंघन भएको, बाढीका कारण बाटोघाटोको अवस्था दयनीय रहेकाले मतदान स्थलसम्म जान मतदातालाई समस्या पर्ने, मतदाता शिक्षामा जोड दिनुपर्नेजस्ता सुझाव दिएका थिए ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
चालिस कटेसी रमाउँला भनेर गीत गाउँछन्, जनसंख्या झन घट्ने भयोः प्रधानमन्त्री ओली
प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट
प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
आत्तिएको कांग्रेस नेमकिपा गुहार्दैछ: महेश बस्नेत
आत्तिएको कांग्रेस नेमकिपा गुहार्दैछ: महेश बस्नेत
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने २५ जना पक्राउ
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
भ्रष्टाचारीलाई घरमा श्रीमती, श्रीमान्, छोराछोरीले घृणा गर्छन् : प्रधानमन्त्री ओली
खेतमा भेटिएका नेकपाका नेता नारायणकाजी
खेतमा भेटिएका नेकपाका नेता नारायणकाजी

तपाईंले छुटाउनुभयो कि?