नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन- अध्यक्ष दाहाल

सारांश

  • चितवन, १२ वैशाख,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ ।
  • नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो ।
  • अध्यक्ष दाहालले भन्नुभयो, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।

चितवन, १२ वैशाख,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ ।

नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।”

अध्यक्ष दाहालले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्ने बताउनुभयो । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताउनुभयो । आठ÷दश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताउनुभयो ।

७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उहाँले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताउनुभयो । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ”।

कार्यक्रममा उहाँले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिने बताउनुभयो । नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले पनि बोल्नु भएको थियो ।

संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्रले नेपालमा १८ अस्पताल र ८४ उपचार केन्द्रमार्फत आँखा उपचार सेवा दिँदै आएको बताउनुभयो । मिश्रका अनुसार एक वर्षमा करिब तीन लाख ५० हजारको शल्यक्रिया र ३५ लाखलाई सेवा दिँदै आएको छ ।

नेपाल नेत्रज्योति संघका कोषाध्यक्ष चिजकुमार मास्केले देशका ३८ जिल्लामा संघका कार्यालय रहेको बताउनुभयो ।

मास्केले दुई दिनसम्म हुने विधान अधिवेशन महत्वपूर्ण भएको भन्दै देशभरबाट झण्डैं २२५ जना प्रतिनिधि सहभागी भई विधान संशोधनसँगै गतवर्ष दिइएको अधिकार अनुरुपका कामका विषयमा छलफल र आउँदो वर्षको बजेट अनुमोदन गर्दै भावी कार्ययोजनाका बारेमा पनि छलफल गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
विवाह गर्न नमानेपछि डाक्टरकै घरमा गएर आत्महत्या गरिन् नर्सले
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?
किंगको विवाद माफीपछि मिल्यो
किंगको विवाद माफीपछि मिल्यो
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक चाँडै नियुक्त गरिन्छः मन्त्री पुन
प्रदेश १ को पहिलो बैठक – सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?