सुनको मूल्यमा वृद्धि
सारांश
- काठमाडौँ, २९ भदौः आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ ।
- सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
- छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौँ, २९ भदौः आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
छापावाला सुन ९६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि सोमबार तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रति अउन्स एक हजार ९४६ डलरमा किनबेच भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया