पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
३४ पटक हेरिएको
Shares
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’

सारांश

  • अक्सर समय सुल्टै हिँड्छ, जनता सुल्टै हिँड्न चाहन्छन् र परिवर्तन पनि ।
  • तर जब समयलाई र जनतालाई र परिवर्तनलाई झ्यालढोका थुनेर ’तँ एक पाइला अगाडि नबढ्’ भन्दै तिनको गति रोक्ने काम हुन्छ तब यस्तै उकुसमुकुसहरुबाट यस्तै ‘अनपेक्षित’ तस्वीर सार्वजनिक हुन्छ !
  • यो पनि न्यायको प्राकृतिक सिद्धान्त हो ।

अक्सर समय सुल्टै हिँड्छ, जनता सुल्टै हिँड्न चाहन्छन् र परिवर्तन पनि । तर जब समयलाई र जनतालाई र परिवर्तनलाई झ्यालढोका थुनेर ’तँ एक पाइला अगाडि नबढ्’ भन्दै तिनको गति रोक्ने काम हुन्छ तब यस्तै उकुसमुकुसहरुबाट यस्तै ‘अनपेक्षित’ तस्वीर सार्वजनिक हुन्छ ! यो पनि न्यायको प्राकृतिक सिद्धान्त हो । २००७ सालयताकै लामो उकुसमुकुसमा छ देश, समयलाई थुन्ने काम भइरहेको छ, जनतालाई ’एक पाइला अगाडि नबढाउनू बढाइस् भने …’ भन्ने काम भइरहेको छ र परिवर्तनलाई ‘साङ्लो’ लाएर बाँध्ने हर्कत भइरहेको छ, जसको नेतृत्व हरेक क्षेत्रको तत्तत् वर्तमान नेतृत्वले गर्दै आएको र गरिरहेको छ ।

चरम निराशा छ जनतामा, यतिसम्म कि कसैमा थोरै मात्र आशा देखिए पनि उस्लाई ‘समातेर माला लाइदिनुपर्ने’ अवस्था छ । रबिजीमा जनताले त्यही देखे, माला लाइदिए ! कुलमान घिसिङमा देखे, लाइदिए ! धुर्मश-सुन्तलीमा देखे, लाइदिए ! अरु-अरु पनि …. किनकी जनतामा खुब तिर्खा छ, भोक र प्यास छ कि तिनलाई कोही साँच्चिकै ’हिरो’ चाहिएको छ, साँच्चिकै परिवर्तन चाहिएको छ !

त्यस्तो ‘हिरो’ जस्ले जनताको पिरमर्का वास्तवमै बुझिदेओस् र सम्वोधन गरिदेओस् ! यस्तै एउटा मान्छे ‘हिरो’ खोज्दै जाँदा आज रबिजीको काँधमा माला परेको हो ! जनताले हेर्नेछन्, पर्खिनेछन् रबिलाई र उसको आगामी कर्मलाई ! राम्रो भए त राम्रै भयो नत्र फेरि अर्को मान्छेको खोजी गर्नेछ समाजले । एउटा असल हिरो खोजिरहेछ समाज, जसको तस्वीर गर्वसाथ छातिमा टाँसेर हिँड्न सकियोस् !

यो समाजले एउटा असल हिरोको खोजी गरेको धेरै-धेरै भयो ।! र, इतिहासकै यो गम्भीर सत्यलाई स्वीकार्न तयार नहुने हो भने सुल्टै हिड्न खोज्दाखोज्दै पनि जनता, समय र परिवर्तनले उल्टो बाटो हिँडिदिनसक्छ । यो असाध्यै गम्भीर र विशेष परिस्थिती हो अनि रबिजी एक पात्र । रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है..

रापिएको फलामलाई त्यतिवेला मात्रै अर्को फलामले हिर्काउनू जतिवेला त्यसको आकार बदल्न सकियोस् । जय स्वाभिमान !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक
बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
दाजुभाइनै प्रतिस्पर्धी,आमालाई पीडा
दाजुभाइनै प्रतिस्पर्धी,आमालाई पीडा
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
पश्चिम नेपालमा उखरमाउलो गर्मी, मनसुन फैलिन अझै केही दिन लाग्ने
कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
राष्ट्रिय सुटिङमा सुस्मिताको अग्रता
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार

तपाईंले छुटाउनुभयो कि?