लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
लागुऔषध, छुरी र नक्कली पेस्तोलसहित दुई जना पक्राउ !

सारांश

  • काठमाडौँ, २२ साउन ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।
  •   परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँ, २२ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।  परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल र धारिलो हतियार छुरीसहित भक्तपुरका राजकुमार केसी र अनिश थापामगरलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ परेकासँग ३६ एम्पुल डाइजेल्याब, ३४ एम्पुल फेनार्गन, मेड इन यूएस लेखिएको नक्कली पेस्तोल एक थान र धारिलो हतियार छुरी एक थान नियन्त्रणमा लिएको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?