‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

सारांश

  • ‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’ काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् ।
  • मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।

‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् ।

मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।”

कार्यक्रममा उनले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताए । “कोही नेपाली पैसा नभएका कारण मर्दैनन् । त्यसको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिनेछ”, मन्त्री बस्नेतले भने, “स्वास्थ्यका सबै बेथितिलाई हटाएर समस्या समाधान गर्ने र संविधानले व्यवस्था गरेको जनताको आधारभूत स्वास्थ्य उपचारको जसरी पनि व्यवस्थापन गर्छौं ।”

उनले सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने करलाई स्वास्थ्यकर्मीको दरबन्दी थप्न प्रयोग हुनुपर्ने बताए । आफ्नो कार्यकालको एक सय दिनको अवधिमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत भएका एक सय सात बुँदे महत्त्वपूर्ण क्रियाकलाप तथा प्रगति विवरण सार्वजनिक गरे ।

कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्र सुधारका पहलका लागि तथ्यमा आधारित निर्णय, सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय, जनउत्तरदायी स्वास्थ्य क्षेत्र, नीतिगत सुधार र सुशासन तथा प्रशासनिक सुधारमा काम गरेको दाबी गरे ।

उनले आफ्नो एक सय दिनको कार्य अवधिमा कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरणको आवश्यकताअनुसार वितरण, गरिब तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्याको व्यवस्था, राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०) र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना निर्माण गर्न सफल भएको उल्लेख गरे ।

उनले आफ्नो पहलमा कटौती भएर आएको बजेटमा रु १० अर्ब बजेट थप गर्न सफल भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक र विभिन्न राजनीतिक व्यक्तिको सहभागिता रहेको थियो ।

(https://hoyoskitchen.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?