नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् ।
  • कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताए ।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले हराउन नसक्ने बताए ।

मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धी कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे ।

चियापान कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र बद्रीप्रसाद पाण्डे, जीवन परियार, कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतकोे उपस्थिति थियो ।

चियापान कार्यक्रममा कांग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
गेटबाट छिर्नासाथ दलालले हात समाउँदै लैजान्छन्…
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्रीसँग राजदूत इलिवेथ भोनको शिष्टाचार भेटवार्ता
फागुन २५ गते आइतबारको राशिफल यस्तो छ
फागुन २५ गते आइतबारको राशिफल यस्तो छ
ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते
के कम्युनिस्ट कमजोर भएका हुन् ?
के कम्युनिस्ट कमजोर भएका हुन् ?
प्रदेश ७ को दोस्रो  तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
प्रदेश ७ को दोस्रो तहको परिणाम आउँदा कांग्रेस-एमाले बराबर कुन पार्टि बन्ला पहिलो?३ स्थानको नतिजा अाउन बाँकि
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

तपाईंले छुटाउनुभयो कि?