नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव

सारांश

  • काठमाडौं।
  • नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन्।
  • श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसँग सहकाय गर्न आफूहरु आतुर रहेको बताउदै स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने बिश्वास ब्यक्त गरे।

काठमाडौं। नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन्। श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनको सहितको उच्च स्तरिय टोलीसँगको भेटमा श्रममन्त्री यादव स्पेनसँग सहकाय गर्न आफूहरु आतुर रहेको बताउदै स्पेनसँग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने बिश्वास ब्यक्त गरे।

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्च स्तरीय टोली मार्फत नै मन्त्रिलाई नेपाल आउन आमन्त्रण समेत गरे। पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटन मन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्च स्तरीय टोलीसँगको भेटघाट कार्यक्रम नेपालमा उच्च स्तरीय टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताउदै उहाँले नेपाल भ्रमण वर्ष २०२० को शुरुवातसँगै आएको मन्त्री सहितको उच्च स्तरीय टोलीलाई नेपाल प्रती सदभाव र ममत्व देखाई सहकार्य गर्न आएकोप्रति आभार समेत ब्यक्त गरे।

श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको टिप्पणी गर्दै नेपाल कृषि प्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा जोड दिँदै कृषि लगायत पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे।

त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफूहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गरे। उनले नेपाल जस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आतुर रहेको बताउदै निकट भबिश्यमा नै स्पेनका श्रममन्त्री सहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता ब्यक्त गरे।

उच्च स्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डो, क्यासेरेस सिटी काउन्सिलका मेयर लुइस सायाला जुलियन, एक्स्ट्रेमादुरा सरकारको बाह्य मामिलाका महानिर्देशक रोजा बालास टोरेस, लुम्बिनी गार्डन फाउन्डेशनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा लुम्बिनी गार्डन फाउन्डेशनका सचिव एकराज गिरी रहेको थिया ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेट सेवा सस्तो बनाउँछु: मन्त्री बाँस्कोटा
इन्टरनेट सेवा सस्तो बनाउँछु: मन्त्री बाँस्कोटा
प्रधानमन्त्री ओली आइसीयू कम्प्लेक्समा
प्रधानमन्त्री ओली आइसीयू कम्प्लेक्समा
सरकारले १ खर्ब ढाँट्यो
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
विपद् व्यवस्थापन कोष स्थापना गर्न ५ लाख ७७ हजार संकलन
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
आज कुशे औँशी :गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको घुइँचो
​काठमाडौंको आकाशमा जहाजहरु  होल्ड
​काठमाडौंको आकाशमा जहाजहरु होल्ड
छोरा-भतिजालाई नेता बनाउन महामन्त्री सशांकले राखे तरुण दलमा भागबण्डाको प्रस्ताव !
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)