काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाकाे मृत्यु

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
  • झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

काठमाडौं। काठमाडौं महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन्।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
प्रदर्शनको तयारीमा चलचित्र ‘बिन्दास लाइफ’
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
भूकम्पपछि सम्पर्कमा आएका ३० नेपाली सुरक्षित
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
व्यक्ति हत्या आरोपमा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्चमा रिट दर्ता, बिहीबार सुनुवाइ
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
सम्राट अशोककी छोरीले बनाएको काठमाडौँको स्तुप
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
पूर्व फुटबलर म्याराडोना अर्जेन्टिनाको फुटबल टाेलीकाे प्रशिक्षक
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने
प्रत्येक तीन वर्षमा १० प्रतिशतका दरले पेन्सन बढ्ने

तपाईंले छुटाउनुभयो कि?