यसरी बनाउनुस् गाजर र ओखरको बर्फी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
५२ पटक हेरिएको
Shares
यसरी बनाउनुस् गाजर र ओखरको बर्फी

सारांश

  • काठमाडौं ।
  • गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ ।
  • यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं ।

काठमाडौं । गाजर र ओखरको बर्फी खान स्वादिलो हुन्छ । यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं ।

आवश्यक सामाग्रीहरु
गाजर आधा किलो

घ्यु तीन ठूलो चम्चा

अलैंची ४ वटा

सुकेको नरिवल (झुरा पारेको) दुई ठूला चम्चा

दूध एक कप

चिनी दुई चम्चा

ओखर ३ कप

धूलो दूध दुई चम्चा

केसर अलिकति

विधि

गाजरलाई खुर्केर मोटोमोटो काट्नुस् ।

फूड प्रोसेसरमा गाजर र दुई चम्चा दूध राखेर खस्रो पेस्ट बनाउनुस् ।

एउटा ८ बाई ८ केक टिनमा बटर पेपर राख्नुस् र तेलले चिल्लो बनाउनुस् ।

मोटो पिँध भएको कराहीमा दुई ठूलो चम्चा घ्यु तताएर गाजर हाल्नुस् र घ्यु राख्नुस् ।

त्यसलाई ढाकेर मध्यम आगोमा आठ मिनेट जति पकाउनुस् ।

अब त्यसमा दूध र केसर मिसाउनुस् र ढाकेर सानो आगोमा लगातार चलाइरहेर दूध सुकुन्जेल पकाउनुस् ।

गाजर पाकुन्जेल ओखरलाई धूलो दूध, अलैंचीको दाना र नरिवलको धूलोसँग मिसाएर पाउडर बनाउनुस् ।

यस मिश्रणमा पानी र दूध सुकेपछि चिनी मिसाएर मध्यम र सानो आगोमा पकाउनुस् ।

त्यसमा ओखरको धूलो हाल्नुस् ।

अब त्यसमा एक ठूलो चम्चा घ्यु हालेर मिश्रण गाढा हुन्जेलसम्म पाँच मिनेट पकाउँदै काटेको ओखर मिसाउनुस् ।

मिश्रणलाई त्यो अघि बनाएको टिनमा राखेर एक समान पत्र बनाउनका लागि थपथप गर्नुहोस् ।

अब त्यसलाई सेट हुनका लागि तीन घन्टा फ्रिजमा राख्नुस् ।

बर्फी तयार भयो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?