यस्तो छ डोनाल्ट ट्रम्पको जीवनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यस्तो छ डोनाल्ट ट्रम्पको जीवनी

सारांश

  • बर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा भएको हो ।
  • १३ वर्षको उमेरमा सेनाको स्कुलमा भर्ना भएका ट्रम्प अमेरिकी सेनाको हरेक गतिविधीसँग परिचित थिए ।
  • उनी विद्यार्थी जीवनमा एक प्रख्यात ‘एथलेट’को रुपमा ख्याती कमाउन सफल भएका थिए ।

बर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा भएको हो । १३ वर्षको उमेरमा सेनाको स्कुलमा भर्ना भएका ट्रम्प अमेरिकी सेनाको हरेक गतिविधीसँग परिचित थिए । उनी विद्यार्थी जीवनमा एक प्रख्यात ‘एथलेट’को रुपमा ख्याती कमाउन सफल भएका थिए । ‘युनिभर्सिटी अफ पेन्सिल्भेनिया’बाट सन् १९६८ मा स्नातक पूरा गरेका ट्रम्पको कूल सम्पत्ति अनुमानित ९ अर्ब डलर भन्दा बढी रहेको छ । रियल स्टेट व्यवसायी, टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा उनी परिचित छन् ।

 

कलेज पढ्दैदेखि आफ्ना बाबुको रियल स्टेट व्यवसायमा उनी संलग्न थिए । सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा उनले लिएका थिए । जसलाई उनले ‘ट्रम्प अर्गनाइजेसन’ नाम दिएका छन् । सन् १९७३ मा ट्रम्प र उनका पिताको ब्यापार ब्यवसाय ब्यापक आलोचना भएपछि ब्यापार ब्यवसाय नै बिवादस्पद बन्दै मुद्दा समेत परेको थियो । जुन मुद्दामा उनीहरुले सन् १९७५ मा सफाई पाएका थिए । देशको सन् १९७१ देखि धनाढ्यका रुपमा परिचित भएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चा कमाएका थिए । त्यसपछि ट्रम्प सन् २००४ मा देशको उच्च विकास निर्माताका रुपमा स्थापित हुन सफल भए ।

 

सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन पार्टीबाट चुनिएका थिए । राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा ट्रम्पले बारम्बार विवादास्पद अभिव्यक्तिहरु दिइरहेका छन् । राष्ट्रपति बाराक ओबामाको जन्म अमेरिकामा नभएको टिप्पणी गरेपछि विवादमा तानिन सुरु भएका ट्रम्प एकपछि अर्को गर्दै आफूले दिएको अभिब्यक्तिका कारण विवादको घेरामा रहिरहे । कहिले मुस्लिम समुदायलाई अमेरिका प्रवेशमा रोक त कहिले आप्रावासीहरुलाई युरोप प्रवेशमा रोक लगाउनुपर्ने जस्ता अभिब्यक्तिका कारण बारम्बारमा विवादमा तानिए । पछिल्लो समयमा इजरायलको मुद्दामा पनि उनको विश्वब्यापी आलोचना भएको छ । त्यसबाहेक महिलालाई कलंकको संज्ञा दिएपछि महिलाहरुबाट समेत उनी आलोचित हुँदै आएका छन् ।

 

अमेरिकामा ट्रम्पको आगमनलाई धेरैले कट्टरपन्थको उदयका रुपमा ब्याख्या गरेका थिए । उनलाई जातिवादी तथा नश्लवादी भन्नेहरु पनि धेरै छन् । कमजोर, अल्पसंख्यक, अपांग आदिमाथिको उनको टिप्पणीले गर्दा उनी श्वेत, पुरुष, धनी र साङ्ग हुनुको उच्चताभाषले ग्रस्त भएको विश्लेषणहरु हुने गरेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिनु, इस्लाम बहुल देशहरुमा अतिवाद हावी हुनु, भारतमा मोदीको उदय हुनु, तेस्रो विश्वका मुलुकका अधिनायकको खोजी हुनु जस्ता घटनालाई अमेरिकामा ट्रम्पको उदयसँग जोडेर विश्वव्यापी रुपमा कट्टरपन्थको उदय हुन थालेको विश्लेषण गरिन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Madan Gyanwali

    समाचार पढ्दा पढ्दानै थाहा भयो, he is psycho अरु पढ्ने मन छैन !

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?