तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

सारांश

  • तनहुँ।
  • पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।
  • पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात
बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात
निर्मलाकाे अभिभावक म पनि हुँः प्रधानमन्त्री अाेलि !
निर्मलाकाे अभिभावक म पनि हुँः प्रधानमन्त्री अाेलि !
युवाको प्रयासले नशामुक्त गाउँ बन्यो सुन्दरपुर
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
नारायणकाजीमाथि खनिए रिमाल-‘कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस’
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
एसइईमा अब ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
काँग्रेस नेता चक्रप्रसाद बास्तोलताको निधन !!!
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै
सरकारले साउन १ देखि विदेशमा रहेका नेपालीलाई कोषमा समेट्दै
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै
राष्ट्रियसभा निर्वाचनः आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै