नेपाल–चीन सीमामा थप ५ वटा नाका खोल्ने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेपाल–चीन सीमामा थप ५ वटा नाका खोल्ने तयारी

सारांश

  • शिखरन्युज, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका बारेमा जानकारी गराउँदै नेपाल–चीन सीमा क्षेत्रमा थप ५ वटा नाका खोल्ने तयारी भएको बताएका छन् ।
  • चीन भ्रमणको तयारीका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी गराउदैँ भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप ५ नाका खोल्ने समझदारी हुन लागेको जानकारी दिए ।
  • पूर्वप्रधानमन्त्रीहसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए ।

शिखरन्युज, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका बारेमा जानकारी गराउँदै नेपाल–चीन सीमा क्षेत्रमा थप ५ वटा नाका खोल्ने तयारी भएको बताएका छन् ।

चीन भ्रमणको तयारीका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी गराउदैँ भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप ५ नाका खोल्ने समझदारी हुन लागेको जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीहसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल चीन सम्बन्ध नयाँ उचाईमा प्रवेश गर्ने र चीन– भारतबीच बढ्दो सम्झदारीले नेपालले थप अवसर प्राप्त गर्ने बताएका थिए ।

भ्रमणमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका सम्झदारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरे ।

‘भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ । दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण सम्झदारी हुनेछ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले बताए । साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी गराए ।
पुर्वप्रधानमन्त्रीसँगको छलफलमा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी पूर्व पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, बाबुराम भट्टराई, माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई लिखित तथा मौखिक सुझाव दिएका थिए । त्यसैगरी मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चीनिया लगानी भित्राउने बातावरण बन्नुपर्ने बताए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kangri Tagtok

    Yo kholne u yo lyaune banne matra banne hoina manrti jyu karyanan pani hunu paryo yasto garxu usto garxu banne bhasha sabaile garnu janeko hunxa

    Comment Author

    Nim Thapa

    good

    Comment Author

    Bishnu Shrestha

    शेर ब देउवाले चिन भ्रमणबारे गरेको सौहार्दपूर्ण मन्तब्य ज्यादै सरहानिय देखिन्छ ।

    Comment Author

    Jaygopal Shrestha

    Good news.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?