राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले प्रदेश लोकसेवा विधेयक पेश गर्ने

सारांश

  • काठमाडौं, २० पुस ।
  • राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् ।
  • नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन् ।

काठमाडौं, २० पुस । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लागेका हुन् ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

यस्तै, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?