चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ

सारांश

  • चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् ।
  • उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले फक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सग्रामपुर गाउँपालिका–२ बस्ने १९ वर्षीय विवेक कुमार यादव रहेका छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यादवको साथबाट ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख.५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?