प्रदेश २ को प्रहरी ऐनप्रति प्रचण्डकोअसन्तुष्टि
सारांश
- जनकपुर।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को प्रहरी ऐनप्रति असन्तुष्टि जनाएका छन।
- मंगलबार नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले असन्तुष्टि जनाउँदै केन्द्रलाई ओभरटेक नगर्न चेतावनी समेत दिए ।
जनकपुर। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ को प्रहरी ऐनप्रति असन्तुष्टि जनाएका छन। मंगलबार नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले असन्तुष्टि जनाउँदै केन्द्रलाई ओभरटेक नगर्न चेतावनी समेत दिए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत को समेत उपस्थित थियो । मुख्यमन्त्री लालबाबु राउत को अगाडि नै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।प्रचण्डले भने, ‘संघीय प्रहरी ऐन बनाउन केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ ।’ ‘अन्यथा दुर्घटना हुनेछ’ प्रचण्डले भने ।
प्रतिक्रिया