स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
५९ पटक हेरिएको
Shares
स्वास्थ्यचौकीमा सिटामोलसमेत छैन

सारांश

  • महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो ।
  • स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ ।
  • खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ ।

महादेवस्थान स्वास्थ्यचौकीमा बालबालिकालाई खुवाउने सिटामोल सकिएको महिना दिन भयो । स्वास्थ्यचौकीको सूचना बोर्डमा सिटामोल सकिएको सूचना टाँसिएको छ ।

खाद्यान्न, पानी, शिक्षा, विद्यालयबाट बञ्चित बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ब्रुसवाङकी २२ वर्षीया शुक्रिमाया चेपाङको पेटमा पाँच महिनाको बच्चा छ । तीन बच्चाको आमा भइसक्नुभएकी शुक्रिमायाको सानो छोरी डेढ वर्षको भइन् । सबैभन्दा सानो नानी काखमा बोकेर जिल्ला समन्वय समितिका संयोजकलाई आफ्नो दुःख सुनाउन आउनुभएकी शुक्रिमाया स्वास्थ्यचौकी जान दिनभरि हिँड्नु पर्छ तर औषधि किनेर बच्चालाई खुवाउनुपर्ने भएकाले स्वास्थ्यचौकी नगएको बताउनुभयो । घरमा खानेकुरा नभएर सिस्नुको खोले खाएर आफू गाउँको समस्या सुनाउन सरकारको मान्छे आएको भन्ने थाहा पाएर बच्चा बोकेर भेला हुनुभएको थियो ।
सरकारले स्वास्थ्यचौकीमै गर्भवती जाँच गराउने र स्वास्थ्यचौकीमै सुत्केरी गराउने बृहत् अभियान सञ्चालन गरेको भए पनि यो चेपाङ गाउँमा यसको कुनै असर परेको छैन । सूर्यमाया चेपाङले जन्माएको तीन बच्चा पनि घरमै हो । स्वास्थ्यचौकी जान नै अप्ठ्यारो भिरको बाटो भएकाले कोही पनि जान नसकेको गाउँकी अगुवाका रुपमा रहनुभएकी सूर्यमायाले बताउनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपाल जिल्लाको सबै अवसर र सुविधाबाट बञ्चित भएको ब्रुसवाङको समस्या समाधानका लागि आफँै हिँडेर गाउँ पुग्नुभएको थियो । चितवन र धादिङको सिमानामा रहेको ब्रुसवाङ महाभारतको सबैभन्दा उच्च ठाउँमा रहेकाले यहाँ जीवन कष्टकर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
माग पूरा नगरे ३२ वटै जिल्लाका प्राविधिकले सामुहिक राजीनामा दिने चेतावनी
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
फड्के बगाउँदा स्थानीयलाई यात्रा गर्न समस्या , भीरमा झुन्डिएर यात्रा
नेपालका कोरोना संक्रमितको संख्या नाघ्यो ५३ हजार
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री  ओली
निराश जनता देशको लागि सबभन्दा खतरनाक हुन्छन्: प्रधानमन्त्री ओली
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
अन्ततः सरकारले गुठी विधेयक फिर्ता लियो
एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी
एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !
प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !