नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०७४
|
|
२८४ पटक हेरिएको
Shares
नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी

सारांश

  • आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौको मत परिणाम सार्वजनिक भएको छ ।
  • अधिवेशनमा खसेको जम्मा ८६३ मतमध्ये अध्यक्षमा विजयी शान्तराम विडारीले ४२९ मत ल्याएका छन भने अर्का प्रत्यासी रामकृष्ण अधिकारीले ४१५ मत पाएका छन् ।
  • विडारीले र अधिकारीलाई १४ मतलेमात्र जितेका छन् ।

आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ काठमाडौको मत परिणाम सार्वजनिक भएको छ ।

अधिवेशनमा खसेको जम्मा ८६३ मतमध्ये अध्यक्षमा विजयी शान्तराम विडारीले ४२९ मत ल्याएका छन भने अर्का प्रत्यासी रामकृष्ण अधिकारीले ४१५ मत पाएका छन् । विडारीले र अधिकारीलाई १४ मतलेमात्र जितेका छन् ।
त्यस्तै उपाध्यक्षमा ४१७ मत ल्याएर सुर्य सुवेदी विजयी बनेका छन् । महिला उपाध्यक्षमा सिता पोखरेल ४०२ मत ल्याएर निर्वाचित भइन् ।
सचिवमा निर्वाचित मोहनप्रसाद पन्तले ३९६ मत पाएभने उनका प्रतिद्धन्दी ज्ञानप्रसाद बास्तोलाले ३८५ मतमात्र पाएका छन् ।
सहसचिवमा रामशरण माझिले ३७९ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी केदार भटराईले २सय ३ मत मात्र पाएका छन् । त्यस्तै कोषध्यक्षमा रामचन्द्र बस्नेतले ३०५ मत ल्याएभने प्रतिद्धन्द्धी कालिका महत र उदव भटराइले क्रमश २३० र ९४ ल्याएका छन् ।
मत परिणाम अनुसार तीनजना सदस्य राजेश भण्डारी, रामचन्द दुलाल र फणिन्द्र फुयालबाहेक अन्य सदस्यहरु चौतारीको प्यानलले जितेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?