स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
१९ पटक हेरिएको
Shares
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन

सारांश

  • स्वस्थ रहनुकाे मतलब राेग नलाग्नु हाेइन ।
  • स्वास्थ्यले अरु धेरै कुराहरु बुझाउँछ ।
  • शारीरिक मानसिक र भावनात्मक रुपमा तन्दुरुस्त हुनु पूर्ण स्वस्थ हुनु हाे ।

स्वस्थ रहनुकाे मतलब राेग नलाग्नु हाेइन । स्वास्थ्यले अरु धेरै कुराहरु बुझाउँछ । शारीरिक मानसिक र भावनात्मक रुपमा तन्दुरुस्त हुनु पूर्ण स्वस्थ हुनु हाे । शरिर दिमाग र अात्मा गाडीकाे स्टेरिङ इन्जिन र गिअर जस्तै हुन् । त्यसैले समरुपले गाडी र जिन्दगी चल्न यी तीन कुराकाे तालमेल अति जरुरी हुन्छ ।

शरिर दिमाग  र अात्मालाई सही रुपमा चलाउन याेगा एक पराम्परीक तरिका हाे । जाे अहिले पनि निकै प्रभावकारी देखिन्छ । यहाँ केही याेगा अासनका बारेमा बताइकाे छ जाे तपाईलाई स्वस्थ रहन मदत गर्छ ।

१ बज्रासन
बज्रासनले पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।  यसले शरिरकाे तल्लाे भागमा नियमित रक्तसञ्चार गर्न मदत गर्छ साथै बज्रासन ध्यानकाे लागि पनि राम्राे अासन हाे ।

२ चक्रासन

उत्तानाे परेर हात र खुट्टाले जमीनमा टेक्नु चक्रासन हाे । याे गर्नाले मानसिक तनाव कम गरी शरिरमा स्फुर्ति ल्याउने काम गर्छ ।

 

३ बद्ध काेनासन

बद्धा काेनासनलाई पुतली अासनकाे नामले पनि चिनिन्छ । यसले थाइ घाेँडामा तन्दुरुस्ती ल्याइ शरिरलाई लचिलाे बनाउन मदत गर्छ ।

४ उस्त्रासन

उस्त्रासनले शरिरकाे अघिल्लाे भाग गाेलीगाँठा र कम्मर छाती र तिघ्रा बिचकाे भागलाई दह्राे बनाउँछ । साथै शारीरिक तन्दुरुस्ती ल्याउँछ ।

 

५ मर्जर्यासन

मर्जर्यासन शरिरकाे पछिल्लाे भागलाई तन्काउन मदत गर्छ । साथै मेरुदण्ड स्वस्थ राख्न पनि याे अासन महत्वपूर्ण छ ।

६ भुजङ्गासन

भुजङ्गासनलाई काेब्रा पाेज पनि भनिन्छ । यसले शारीरिक थकान र मानसिक तनाव दुर गर्न मदत गर्छ । साथै शरिरमा अावश्यक ताप बनाउने र राेगलाग्ने सम्भावना कम गर्ने काम भुजङ्गासनले गर्छ ।

७ सेतुबन्धनासन

सेतुबन्धनासनले थकान कम गरी शरिरलाई थप उर्जा दिने काम गर्छ ।
८ वृक्षासन

वृक्षासनले थाइ ढाड कम्मर र कुमलाई बलियाे बनाउने काम गर्छ । साथै खुट्टाका मांसपेशी बलियाे बनाउँछ र एकाग्र हुन मदत गर्छ ।

९ गाैमुखासन

गाैमुखासनले रक्तचाप नियन्त्रण गर्नुका साथै मधुमेह हुने सम्भावना कम गर्छ । यसले याैनांगहरुमा शक्ति प्रदान गर्छ ।

१० धनुरासन

शरिरलाई धनुषकाे अाकारमा बदल्नु धनुराषन हाे । यसले मानसिक तनाव कम गरी मेरुदण्डलाई स्वस्थ राख्न मदत गर्छ ।

११ शिशुअासन
शिशुअासन पूर्णरुपमा अाराम गर्ने अासन हाे । यसले शरिरकाे पछिल्लाे भागलाई विशेष अाराम दिन्छ र नसासम्बन्धी राेग लाग्नबाट जाेगाउँछ ।
१२ त्रिकाेणासन

यसले शरिरकाे दुखाइ कम गर्छ पाचन प्रक्रिया सरल बनाउँछ र रक्तसञ्चार पनि नियमित तवरले गराउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?