नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
४१ पटक हेरिएको
Shares
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे

सारांश

  • थोक्मे बिष्ट २८ वर्षको जवान उमेरमा सपनाको देश अमेरिका हानिए, सुन्दर सपना बोकेर ।
  • बिष्टलाई २० वर्ष अमेरिकाले दिनरात दौडाइरह्यो ।
  • अमेरिकी ग्रिनकार्डको सपनाले पनि उनलाई अहोरात्र दुःख नै दिन्थ्यो ।

थोक्मे बिष्ट २८ वर्षको जवान उमेरमा सपनाको देश अमेरिका हानिए, सुन्दर सपना बोकेर । बिष्टलाई २० वर्ष अमेरिकाले दिनरात दौडाइरह्यो । अमेरिकी ग्रिनकार्डको सपनाले पनि उनलाई अहोरात्र दुःख नै दिन्थ्यो । अमेरिकी बन्ने सपना पूरा नहुने भएपछि अब परिवारका साथमा सुखले जीवन बिताउने कल्पनामा उनी नेपाल फर्किने योजना बुन्दै थिए ।

तर, दैवले उनलाई यहीनेर रोक्यो । कोभिड १९ नामको संक्रमणले उनलाई नेपाल फर्किन दिएन । अपर मुस्ताङका राजाका भान्जा पर्ने थोक्मे बिष्टको चैत्र २१ गते शुक्रबार बिहान न्यूयोर्कस्थित आफ्नै कोठामा निधन भयो । बिष्ट २० वर्षदेखि अमेरिकामा एक्लै थिए। उनको साथमा आफ्नै परिवार थिएन् । अब कागजपत्र नबन्ने प्रायः निश्चित भएपछि उनी नेपाल फर्किने योजना बनाइसकेका थिए ।

बिष्टका दामली छेपक दोर्जे गुरुङ भन्छन्, ’झण्डै दुईसाता अघि भेटेको थिएँ, अब म नेपाल जान्छु भन्थ्यो तर उसको सपना अधुरै रह्यो ।’ बिष्टले बीचमा नेपाल जाने तयारी पनि नगरेका होइनन्, तर उनीसँग आफ्नो मुलुकको पासपोर्ट थिएन् । ट्राभल डकुमेन्ट बनाएर जाने पनि सोचले एक पटक न्यूयोर्कमा रहेको दूतावासमा पनि पुगेका थिए कुरा बुझ्नलाई ।

बाणिज्यदूतावास न्यूयोर्कका कार्यबहाक महाणिज्यदूत पुष्पराज भट्टराईले भने,’ बिष्ट जी कार्यालयमा आउनु भएको थियो, मैले सक्दो सहयोग गरेको हुँ, सायद उहाँको डकुमेन्ट बनेको हुनुपर्दछ ।’

श्रीमती र दुई छोराहरु छाडेर अमेरिका बसेका बिष्ट कागजपत्र बनाउने र पैसा कमाउने धुनमा लाग्दा लाग्दै यो संसारबाट बिदा भए।

सपनाको देशमा सुन्दर सपना बुन्दा बुन्दै उनी मुटु र फोक्सोको बिमार समेत भइसकेका थिए । उनका दामली दोर्जे सम्झन्छन्, ’धेरै वर्ष मेहेनत गरेको छु, अब नेपाल गएर परिवारका साथ सुखले बस्छु भन्थ्यो, तर दैवले उसको इच्छा चुँडेर लग्यो।’

न्यूयोर्कको सन्नीसाइडमा दाजुभाउजुसँगै बस्दै आएका बिष्टलाई केहीदिन अगाडिदेखि रोगले च्याप्दै लगेको थियो । सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखियो । कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी नजिकैको अर्जेन्ट केयरमा गए । त्यहाँ सामान्य चेकजाँचपछि उनलाई घरमै बस्न सुझाइयो ।

तर अलिक गाह्रोजस्तो अनुभव भएपछि उनी स्थानीय माउन्ट सइनाई अस्पतालमा उपचारका लागि गए । त्यहाँ उनको चेकजाँच गरियो । र फोक्सोको एक्सरे समेत गरियो । एक्सरेपछि अस्पतालले फोक्सोमा केही समस्या रहेको बताएको थियो । तर उनलाई अस्पतालले भर्ना गर्न नमानेपछि घरमै आराम गर्न सुझाव दिइयो । दुईचार दिनमा थप रिपोर्ट आइसकेपछि जानकारी गराउने अस्पतालले बताएको थियो ।तर बिष्ट अस्पतालको रिपोर्ट नआउँदै यो संसारबाट बिदा भए ।

जीवनभर परिवारको सुखका लागि परदेशमा हड्डी खियाएका बिष्टले अन्तिम सास लिनेबेला श्रीमती र छोराहरु पनि देख्न नपाई यो संसारबाट विदा भए। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
काभ्रे, दोलखा र रामेछापमा निर्वाचन प्रहरी अपुग, दरखास्तको मिति थप
पूर्व आइजिपी ठकुरीद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण
पूर्व आइजिपी ठकुरीद्वारा सर्वोच्च अदालतमा आत्मसमर्पण
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
दुई ठूला नयाँ सहर निर्माण गर्दै प्रदेश १ सरकार
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
एलपीएलमा घोडाघोडी र कैलाली विजयी
एलपीएलमा घोडाघोडी र कैलाली विजयी
अन्तरप्रदेश परिषद्को बैठक बस्दै
अन्तरप्रदेश परिषद्को बैठक बस्दै
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
बजेट विश्लेषणः लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट