अस्पताल आएकामा देखियो बढी कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
५५ पटक हेरिएको
Shares
अस्पताल आएकामा देखियो बढी कोरोना संक्रमण

सारांश

  • काठमाडौं, असार २९ ।
  • उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
  • तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्।

काठमाडौं, असार २९ । उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्। एक सातायता उपत्यकामा संक्रमितको संख्या बढिरहेको तथ्यांकले देखाएको छ।

राजधानीका विभिन्न अस्पतालमा उपचारका लागि आएकाहरू सबैभन्दा बढी संक्रमित रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाटन र टिचिङ अस्पतालबाट लिइएका नमुनाहरूबाट बढी संक्रमित पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताए। उनका अनुसार उपत्यकाका निजी अस्पतालहरूले पठाएका नमुनाबाट पनि संक्रमित थपिएका छन्। ‘केही दिनयता देखिएका धेरैजसो संक्रमित अन्य रोगको उपचार गर्न आएका बिरामीमै संक्रमण देखिएको छ,’ उनले भने।

विदेशबाट आई होटल क्वारेन्टिनमा बसेका पनि रहेको टिचिङ अस्पताल महाराजगन्जका कोभिड–१९ संयोजक डा। सन्तकुमार दासले बताए। ‘केही अस्पतालमा उपचार गर्न आएका बिरामी छन्,’ उनले भने, ‘केही विदेशबाट आएका छन्।’

शुक्रबारसम्म उपत्यकामा कुल संक्रमित तीन सय २७ जना पुगेका छन्। दैनिक संक्रमित संख्या बढेपछि राजधानीका आइसोलेसन अस्पतालहरू भरिभराउ भएको महाशाखाका जनस्वास्थ्य अधिकृत कोइरालाले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?