बहिनीकोलागि नायिका बिपना नेपाल आइन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०७४
|
|
१४२५ पटक हेरिएको
Shares
बहिनीकोलागि नायिका बिपना नेपाल आइन्

सारांश

  • स्थानिय तहको निर्वाचन अव हरेकको चासो र जागरुकता छ भन्दा फरक नपर्ला।
  •  अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो।
  • तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ।

स्थानिय तहको निर्वाचन अव हरेकको चासो र जागरुकता छ भन्दा फरक नपर्ला।  अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ।

विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा जागरुक देखिइन् । उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ।’ उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए भने बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए । यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन् । उनि बहिनिकै लागि नेपाल आएको बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?