बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २४, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बार्सिलोनालाई चुनौती दिन तयार आयाक्सले जित्यो घरेलु लिग

सारांश

  • एजेन्सी ।
  • च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस जाइन्ट बार्सिलोनालाई चुनौती दिन अघि बढिरहेको अयाक्सले घरेलु लिग डच कपको उपाधि जितेको छ ।
  • आइतबार राति भएको फाइनल खेलमा विलियमलाई ४–० गोलले हराउँदै आयाक्स च्याम्पियन बनेको हो ।

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस जाइन्ट बार्सिलोनालाई चुनौती दिन अघि बढिरहेको अयाक्सले घरेलु लिग डच कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा विलियमलाई ४–० गोलले हराउँदै आयाक्स च्याम्पियन बनेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र अयाक्स दुवैले पहिलो लेग जितिसकेकोले फ्यानहरूले फाइनलमा यिनै दुई टिम भिड्ने अनुमान गरेका छन् । यद्यपि सेमिफाइनलको दोस्रो लेग हुन बाँकी भएकोले नतिजा उल्टिन पनि सक्छ । आयक्स सर्वा्धिक १९ पटक डच कप जित्ने टोली हो । त्यसपछि फेएनोर्डले १३ पटक जितेको छ ।

यसपटक भने आयाक्सले नौ बर्षपछि उपाधि जित्न सफल भयो । एकपक्षीय खेलमा आयाक्सको जितमा डेले ब्वाइनडले ३८औं मिनेटमा गोलको खाता खोले ।

क्लास जाउन हुन्टेलारले ३९औं र ६७औं मिनेटमा दुई गोल थपे । ७६औं मिनेटमा रासमुस निशानले गोल गर्दै आयाक्सलाई फराकिलो जित दिलाए । यस सजिन उच्च लयमा देखिएको आायक्स घरेलु लिगसँगै च्याम्पियन्स लिगको पनि उपाधि दौडमा छ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल खेलको पहिलो खेलमा आयाक्सले इङ्लिस क्लब टोट्टनहामलाई १–० गोलले हराएको छ । दोस्रो लेग यही बुधबार आयाक्सको मैदानमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?