राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
सारांश
- काठमाडौं, ११ पुस ।
- नेपाली कांग्रेसका नेताएन.
- पी.
काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका नेताएन.पी. साउदले राष्ट्रिय सभाको गठन नभईकन प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा नदिने दाबी गरेका छन् । उनले भने ,‘निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन, त्यसैले हामी राष्ट्रियसभाको गठन भएपछिमात्रै सरकारबाट बाहिरिन्छौं ।’
नेता साउदले सरकारले पठाएको अध्यादेश स्विकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले किन ढिलाई गरेको हो भन्ने कुरा आफूहरुले बुझ्न नसकेको समेत स्पष्ट पारे । उनले भने, ‘अध्यादेश स्विकृत गर्न किन ढिलाई भैरहेको छ, हामीलाई अचम्मलागेको छ, यदि साँच्चिकै कमीकमजोरी भएको छ भने पनि हेर्ने निकाय छ नि, अदालत छ, राष्ट्रपति सम्मानित पद हो, यस्तो कुरामाअल्झिनुहुँदैन्।’
उनले अध्यादेश स्विकृत नहुँदा राष्ट्रपति कार्यालयजस्तो संस्था नै विवादमा तानिएको गुनासो पोखे । आफूहरु जनमतको सम्मान गर्ने भएकोले अल्पमतमा परिसकेकोले सरकार छोड्न आँतुर भएपनि कसलाई सरकार छोड्ने भन्दै साउदले प्रश्न समेत गरे । ‘कसलाई सरकार बुझाएर जाने ? कम्तिमा राष्ट्रियसभाको निर्वाचन त होस्, संविधान बमोजिम चल्नुपर्छ नि’–साउदले भने।
सरकार हस्तान्तरण भनेको के बाटो हिँड्दाहिँड्दै चाबी ह्याण्डओभर गरेजस्तो हो त भन्दै उनले प्रश्न समेत गरे । उनले भने,‘संसदले पूर्णता पाउनुपर्छ, हामी उचित समयको प्रतिक्षामा छौं।’
युवा नेता गगन थापाले त पार्टी सभापति देउवालाई राजिनामा दिन दबाब दिएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘कांग्रेस पूरानो पार्टी हो, विधानबाट चल्ने पार्टी हो, विधान बाहिर गएर पनि केही हुँदैन, राजिनामा माँग्ने विषयलाई हामीले ज्यादै महत्व दिएका छैनौं ।’ उनले राजिनामा माँग गरेको विषय आफ्नो नोटिसमा समेत नभएको जिकिर गरे ।
पूर्व मन्त्री समेत रहेका नेता साउदले निर्वाचनको समिक्षागर्न पार्टीको केन्द्रिय कार्यसमितिको बैठक चाँडै बस्ने समेत जनाए । त्यस्तै महासमितिको बैठक समेत आवश्यक रहेकोले त्यतातर्फ आफूहरुले सोचिसकेको उनको भनाई थियो ।
Subashkarki Karkisubash
बसिरहेका रहेको छाै त कुर्सी का प्यासा हाे
Krishna Thapa
लाज नभयका नगचरा हाे पतासाफ गदा टासिरन
Mangara Mahato
Kurshi chhodn manai chhain nana bhati kura garchha laj pachheka haru