राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना

सारांश

  • काठमाडौँ, १४ असोज  ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
  • राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् भन्नुभएको छ ।
  • विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

काठमाडौँ, १४ असोज  ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् भन्नुभएको छ ।

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले महान पर्व वडादशैंले हिमाल–पहाड–तराई–मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय—समुदायबीच आपसी भ्रातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्नुभएको छ ।

आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ उहाँले वडादशैको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?