क्षेत्र निर्धारण पछि काभ्रेमा उमेदवारको चर्चा कस – कसको चर्चा ???
सारांश
- काभ्रेपलान्चोक ,१९, काभ्रेमा क्षेत्र निर्धारण पछि उमेदवारको चर्चा निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसगै काभ्रेको राजनिती पनि तातेको छ ।
- राजनतिक बृतमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा ले प्राथमिकता पाउन थालेको छ।
- संघीय क्षेत्रमा कसको चर्चा दुईवटा संघीय क्षेत्र रहेको काभ्रे जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ।
काभ्रेपलान्चोक ,१९,
काभ्रेमा क्षेत्र निर्धारण पछि उमेदवारको चर्चा निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो प्रतिबेदन सार्बजनिक गरेसगै काभ्रेको राजनिती पनि तातेको छ । राजनतिक बृतमा मात्र हैन आम जनतामा पनि अबको उम्मेद्बार को हुने भन्ने चासो र चर्चा ले प्राथमिकता पाउन थालेको छ। संघीय क्षेत्रमा कसको चर्चा दुईवटा संघीय क्षेत्र रहेको काभ्रे जिल्लामा जिल्लाका प्रमुख नेताहरुको नाम नै बेसि चर्चामा छ। एक नम्बर क्षेत्रमा काग्रेसको तर्फबाट शिव हुमागाई ,एमालेबाट हालका सभासद रामहरी सुवेदी र जिल्ला सचिब नारायण पान्डे तथा मावोबादी बाट पुर्ब मन्त्री सुर्यबादुर दोंगको चर्चामा छ । दुई नम्बर क्षेत्रमा काग्रेसको जिल्ला सभापति मधु आचार्य ,एमालेबाट युबा नेता गोकुल बास्कोटा र मावोबादिको तर्फबाट पुर्ब सभासद तेजबहादुर मिजारको चर्चामा छ्न। प्रदेशमा कस्को चर्चा संघीयतामा देस गएपछी संघीय सभासद भन्दा नि प्रदेसमा को हुने भन्ने चर्चा बेसि रहेको छ। क्षेत्र नम्बर एकमा काग्रेसका बर्तमान सभासद तिर्थ लामा र पुर्ब जिल्ला कोषाध्यक्ष सिबि लामा ,एमालेबाट प्रदेस कमिटी सदस्य गोमा भुर्तेल,जिल्ला उपसचिव इद्र लामा ,मुकुन्द गौतम ,दिपक गौतम र राजन भुर्तेल मावोबादिबाट ,पुर्ब राजदुत कमानसिह लामा चर्चामा छन। दुई नम्बर क्षेत्रमा काग्रेशको तर्फबाट तिर्थ पसखल ,एमालेबाट चन्द लामा र रामकृष्ण हुमागाई मावोबादी बाट इद्रबहादुर थिंगको चर्चा छ। तीन नम्बर क्षेत्रमा काग्रेशबाट ठाकुर न्यौपाने, शुन्दर आचार्य र कुमार लामिछाने एमालेबाट कन्चन अधिकारी ,बिदुर सापकोटा र जनार्दन अदिकारी र मावोबादी बाट हरि दुलालको चर्चा छ । एसै गरि क्षेत्र नम्बर चारमा काग्रेशका बर्तमान सभासद कन्चन्चद्र बादे ,एमालेका तर्फबाट बसुन्धरा गुमागाई,हरिशरण दाहाल ,कुमार थापा र लक्ष्मण लम्साल को नाम चर्च्रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया