नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई

सारांश

  • काठमाडौं ।
  • नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पद छाड्न दबाब परेको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद बहाली गरेको केही दिनमै उनलाई हटाउन दबाब सृजना गरेका हुन् ।

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पद छाड्न दबाब परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पद बहाली गरेको केही दिनमै उनलाई हटाउन दबाब सृजना गरेका हुन् । मन्त्री भट्टराईले खरेलबाट निगम चल्न नसक्ने निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउने तयारी गरेको बुझिएको छ । ओली सिंगापुरबाट फर्किएलगत्तै खरेललाई राजीनामा दिन लगाउने या बर्खास्त गर्ने तयारी अनुसार भट्टराईले कदम चाल्ने भएका हुन् ।

२० साउनमा निगमका कार्यकारी अध्यक्ष खरेलसहित उच्च पदस्थ अधिकारीसँगको छलफलमा घुमाउरो भाषामा पदबाट हट्न भनेका छन् । खरेलको उमेर र विषय उठाउँदै घरमै आराम गरेर बसेको भए हुन्थ्यो भनेको खुलेको छ । उनले भने,‘यो उमेरमा घरमै आराम गरेको भए त यस्तो तनाव लिनुपर्दैन थियो होला ।’

निगमले सरकारसँग मागेको २० अर्ब रुपैयाँ मिलाउन निकै कठिन भएको बताए । यसका लागि प्रधानमन्त्री ओली तयार नभइरहेको खुलाउँदै यु टर्न गर्नुपर्ने बताए । निगम निकै जटिल अवस्थामा पुगेको भन्दै कोही पनि भाग्न नपाउने बताए ।

कार्यकारी अध्यक्ष मदन खरेलले विमान खरिदका लागि योजनासहित प्रधानमन्त्री ओलीसमक्ष विवरण पेश गरेको खुलासा समेत भएको छ । वाइडवडीले नै पर्याप्त उडान भर्न नपाइरहेको अवस्थामा खरेल थप विमान खरिदमा सक्रिय भएका छन् । जापान उडान उनकै कार्यशैलीका कारण अलपत्र परेको छ । भट्टराईको हातमा निगम व्यवस्थापनको कामकाज र विवादास्पद भूमिकाको रिपोर्ट पुगिसकेको छ । यसबारे उनले जानकारहरुसँग छलफल समेत गरेका छन् ।

खरेलबाट निगम नचल्ने निष्कर्षमा पुगेका उनले विधिसम्मत् तरिकाले हटाउने या राजीनामा दिन लगाउने तयारी गरेको उनी निकटस्थले रिपोर्टर्स नेपाल डट कमलाई बताएका छन् । निगमको अहिलेको टिम नै विवादमा परेको र झन् संकटमा पुर्याउन सक्रिय भएको प्रमाण भट्टराईसँग पुगेको छ ।

मन्त्री भट्टराईले खरेललाई निगममा ल्याउनमा हवाई माफियाको डिजाइन भएको तथ्य समेत भेटेको बुझिएको छ । नेपाल वायुसेवा निगमलाई संकटमा पुगेको देखाएर विदेशी साझेदार भित्राउन हवाई माफियाको योजना अनुसार खरेलले काम गरिरहेका छन् । निगमभित्र सोही योजना पूरा गर्न महत्वपूर्ण पदमा हवाई माफियाले भनेअनुसारका मान्छेलाई जिम्मेवारी दिएका छन् । यसले निगमभित्र असन्तुष्टि व्यापक बढिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष  राणा चुनावी अभियानमा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा चुनावी अभियानमा
‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित
‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित
’मेयर साब‘ फिल्म निर्माण गरिँदै
’मेयर साब‘ फिल्म निर्माण गरिँदै
पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह
पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह
पोखराका सुजतको पोर्चुगलमा निधन
पोखराका सुजतको पोर्चुगलमा निधन
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
प्रदिप खड्का र स्वस्तिमा खड्का बने टीभीएस एनटर्क १२५ स्कुटरको ब्राण्ड एम्बेसडर
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका दोब्बर मतले अगाडि, कांग्रेसले पछ्याउँदै
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
रास्वपाका २० सांसदलाई सर्वोच्चले सोध्यो: तपाईंहरुलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने?
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम