धरहरा पुनर्निर्माणको काम आजबाट
सारांश
- काठमाडौं, १२ पौष ।
- धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ ।
- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेका अवसर पारेर प्राधिकरणले बिहान ११ बजे धरहरा पुननिर्माणको शिलान्यास गर्न लागेको हो ।
काठमाडौं, १२ पौष । धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको आज तीन वर्ष पुगेका अवसर पारेर प्राधिकरणले बिहान ११ बजे धरहरा पुननिर्माणको शिलान्यास गर्न लागेको हो ।
२०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको शिलान्यास गर्दैछन् । आफ्नो पहिलो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको सुरुवात गरेपनि दातृ निकायले हात झिकेपछि पुनर्निर्माण प्राधिकरणले आफै निर्माण सुरु गरेको हो । प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी रमन जेभीलाई दिएको छ ।
भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेका प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
प्रतिक्रिया