नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरे

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २४, २०७३
|
|
२७५ पटक हेरिएको
Shares
नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरे

सारांश

  • ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार २५ औं जन्मदिन मनाएका छन् ।
  • यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ ।
  • जसमा नेयमार धेरै अगाडि देखिएका छन् ।

ब्राजिलियन स्ट्राइकर नेयमारले आइतबार २५ औं जन्मदिन मनाएका छन् । यही बेला मेस्सी र रोनाल्डोले त्यही उमेरमा पाएको सफलतासँग तुलाना रोचक नै हुन्छ । जसमा नेयमार धेरै अगाडि देखिएका छन् ।

बार्सिलोनाबाट व्यवसासिक फुटबल खेलिरहेका उनको करियर लोभलाग्दो छ । उनले अहिले नै च्याम्पियन्स लिगका साथै दुई ला लिगा, दुई कोपा डेल रेका साथै ओलम्पिक गोल्ड मेडल जितिसकेका छन् ।


अब उनले जित्न बाँकी भनेको विश्वकप र बालोन डि’ओर मात्र हो । र, उनले बालोन डि’ओरमा रोनाल्डो र मेस्सीलाई चुनौती दिन थालिसकेका छन् ।

२५ वर्षको उमेरमा मेस्सीले तीन च्याम्पियन्स लिग, पाँच ला लिगा जितेका उनले तीन बालोन डि’ओर हात पारिसकेका थिए । रोनाल्डोले तीन पि्रमियर लिगको उपाधिसँगै एक बालोन डि’ओर अवार्ड जितेका थिए ।

बालोन डि’ओरमा पछि परेपनि मैदानमा भने नेयमार, मेस्सी र रोनाल्डो भन्दा अगाडि रहे ।

ब्राजिलियन क्लब सान्तोषका पूर्व खेलाडी नेयमारले २५ वर्षको उमेरमा मेस्सी भन्दा एक र रोनाल्डो भन्दा ११८ गोल बढी गरेका छन् । नेयमारले क्लब र देशका लागि गरेर ४६८ खेलमा २८० गोल गरेका छन् । जबकी २५ वर्षको उमेरमा मेस्सीले ४०५ खेलमा २७९ गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?