प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस

सारांश

  • काठमाडौं, २७ मंसिर ।
  •   संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ।
  •   संवैधानिक परिषदको बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश मध्येबाट जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

काठमाडौं, २७ मंसिर ।  संवैधानिक परिषदले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सिफारिस गरेको छ।  संवैधानिक परिषदको बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधिश मध्येबाट जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो। प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले सिफारिस गर्ने निर्णय गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

सर्वोच्च अदालतको दोस्रो वरियतामा रहनु भएका वरिष्ठ न्यायाधिश दिपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिले अस्विकृत गरेपछि तेस्रो वरियताका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गरिएको छ। २०१४ साल मंसीर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन्। संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तीका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाई विशेष समितिले स्विकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
किन आइन सोनाक्षि बिचैमा शुटिङ छाडेर
किन आइन सोनाक्षि बिचैमा शुटिङ छाडेर
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै
भरतपुर वडा नम्बर १९ को सुनुवाई आज हुदै
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर, अब के गर्लान् ?
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप२८ मस्यौदाको आह्वान
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
झापा प्रहरीको सफलता : दुई महिनामै ४१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ
जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ