अब नेवार जातिले मात्रै घर किन्न पाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २४, २०७७
|
|
३९ पटक हेरिएको
Shares
अब नेवार जातिले मात्रै घर किन्न पाउने

सारांश

  • काभ्रेः काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातिको धार्मिक र पुरातात्त्विक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ।
  • मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो।
  • ‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अध्यक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

काभ्रेः काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नम्बर ७ ले नेवार जातिको धार्मिक र पुरातात्त्विक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ। मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो।

‘यस वडा समितिको मिति २०७७ वैशाख २३ गते बसेको बैठकबाट नेवार जातिबाहेक अन्य जातिलाई घर बेच विखन गर्नका लागि सिफारिस लिन आएमा घर धनीहरुलाई यस कार्यालयबाट सेवा प्रवाह नगर्ने निर्णय भएकोले यस ७ नम्बर वडाबासीलाई यसै सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ’, वडा अध्यक्ष रामचन्द्र नास्नानीले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

७ नम्बर वडाको पुरानो बजार स्मारक क्षेत्रमा नेवारी समुदायको बाक्लो बसोबास छ। वडा कार्यालयले नेवारी जातिको बाहुल्यता भएकाले धर्म संस्कृति र पुरातात्विक सम्पदा जोगाउन यस्तो निर्णय गरेको दाबी गरेको छ।

यसअघि वडामा जग्गा तथा घर धनीहरुले नेवार जातिबाहेक अन्य जात जातिलाई बेच विखन गर्नका लागि घर बाटोको मूल्यांकन सिफारिस नदिएको भन्दै गुनासो गरेका थिए। त्यही गुनासो आएपछि मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको वडा अध्यक्ष नास्नानीले सूचनामा उल्लेख गरेका छन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?