मन्त्रिपरिषद् बैठक सकियो : आजपनि तोकेन प्रदेश प्रमुख र अस्थाथी मुकाम
सारांश
- काठमाडौं, पुस २८ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
- आज बसेको बसेको बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन ।
काठमाडौं, पुस २८ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
आज बसेको बसेको बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न सकेन । प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकामबारे केही निर्णय नगरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न अस्थायी स्थान तोक्ने बताइएको थियो तर, त्यस्तो कुनै निर्णय भएन ।
आज बसेको बैठकले धनकुटाको खोकुछिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । २०३६ साल कात्तिक २७ गते भएको घटनामा राज्य पक्षबाट १६ जना मारिएका थिए ।
त्यस्तै, बैठकले न्याय सेवाको विशिष्ट श्रेणीमा महेन्द्रनाथ उपाध्याय र पुनरावेदन समिति प्रमुखमा हेमराज पन्तलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया