प्रधानमन्त्री ओलीसँग फोरम किन डरायो

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ४, २०७४
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग फोरम किन डरायो

सारांश

  • फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् ।
  • गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन ।
  • तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।

फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।

बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । नयाँ पत्रिकामा खबर छ ।

फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर, फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो । प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् ।

मन्त्रीका लागि पार्टीभित्रै विवाद
सरकारमा जाने निर्णय गरेको संघीय समाजवादी फोरम आन्तरिक विवादमा फसेको छ । सरकारमा को–को मन्त्री बन्ने भन्ने विवाद उत्कर्षमा पुगेको हो ।

मन्त्रीका लागि सुरुदेखि चर्चामा रहेका राजेन्द्र श्रेष्ठ र रेणु यादवको नाममै विवाद निम्तिएको छ । स्रोतका अनुसार श्रेष्ठ र यादव दुवैलाई मन्त्री बनाउन नहुने ‘लबिङ’ बलियो बन्दै गएको छ । यसका लागि फोरमका केही नेताले प्रत्यक्ष निर्वाचनबाट निर्वाचितलाई मात्रै मन्त्री बनाउनुपर्ने तर्क गरेका छन्।

सरकारमा सहभागी हुन फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन वाम गठबन्धन सहमत भइसकेको छ । फोरम स्रोतका अनुसार महासचिव रामसहाय यादवसहितको टोली सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउन नहुने अडानमा छ । साथै, संविधान संशोधन नगरी सरकारमा जानै नहुने तथा गए पनि प्रत्यक्ष निर्वाचितलाई मात्रै पठाउनुपर्ने तर्क यो टोलीको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Puran Karki

    Good x daraunu prx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई रोक्ने निर्णय
चट्याङले एकको मृत्यु १३ घाइते
चट्याङले एकको मृत्यु १३ घाइते
जेलमा सेक्स सुविधा
जेलमा सेक्स सुविधा
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
पानी, हिलो, रङ दलेर मनाइने सिरुवा पर्वमा प्रधानमन्त्रीको शुभकामना
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ