राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
सारांश
- ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिना पछि उनीहरूको पहिलो सन्तान छोरा जन्मिएको छ ।
- छोरा जन्मिए पछि राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थन र सद्भावका लागि धन्यवाद ज्ञापन गरेका छन् ।
- राजकुमारले मेगन मार्कल र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् ।
ड्यूक एण्ड डचेज अफ ससेक्सको विवाह भएको ११ महिना पछि उनीहरूको पहिलो सन्तान छोरा जन्मिएको छ । छोरा जन्मिए पछि राजकुमार ह्यारीले आफूहरू दुवैजना एकदमै खुसी भएको भन्दै मेगन गर्भवती हुँदा सर्वसाधारणले देखाएको समर्थन र सद्भावका लागि धन्यवाद ज्ञापन गरेका छन् । राजकुमारले मेगन मार्कल र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् । भरखरै जन्मिएको बच्चाको नामका बारेमा सोचिरहेको उनको भनाई छ । स्थानीय समय अनुसार बच्चाको जन्म ५ बजेर २६ मिनेटमा सोमवार भएको हो । बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल जन्मदा ३ दशमलव २ किलोग्राम रहेको छ भने बच्चा जन्मँदा ड्यूक अफ ससेक्स उपस्थित थिए ।
भरखरै जन्मिएका यी शाही शिशु महारानी एलिजाजेथका आठौँ पनाति हुन् । आफ्नो छोराको जन्म पश्चात राजकुमार ह्यारीले आफूले कल्पनै नगरेको सुखद अनुभूति गर्न पाएको बताए । राजकुमार ह्यारीको पहिलो सन्तान कहिले जन्मिने भन्नेमा धेरैमा जिज्ञासा र कौतुहलता रहेको थियो
मेगनले अलि बढी खुलासा गर्दै बच्चा एप्रिलको अन्त्य वा मे महिनाको सुरुमा जन्मिने बताएकी थिइन् ।
प्रतिक्रिया