कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार

सारांश

  • काठमाडौ २९,पुस ।
  • कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् ।

काठमाडौ २९,पुस ।कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् । फरार हुनेमा स्थानीय २४ वर्षीय राजेश राजवंशी छन् ।

झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार उनीहरुले २२ पुसमा राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् ।

भद्रपुर–४, भगवती टोलमा हेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार गरेका थिए । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबीच अर्की एक किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?