पक्का भयो पार्टी एकता वैशाख ९ मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पक्का भयो पार्टी एकता वैशाख ९ मा

सारांश

  • मिल्न बाँकी दुई विषय पनि टुंगो लगाएर ओली भ्रमणमा जाने प्रधानमन्त्री केपी ओली पार्टी एकताका सबै विषय टुंगो लगाएर भारत भ्रमणमा जाने भएका छन् ।
  • एमाले–माओवादी एकता घोषणा भने ९ वैशाखमा हुनेछ ।
  • मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंग्याएपछि दुई विषयमा सहमति जुट्न बाँकी छ ।

मिल्न बाँकी दुई विषय पनि टुंगो लगाएर ओली भ्रमणमा जाने

प्रधानमन्त्री केपी ओली पार्टी एकताका सबै विषय टुंगो लगाएर भारत भ्रमणमा जाने भएका छन् । एमाले–माओवादी एकता घोषणा भने ९ वैशाखमा हुनेछ । मंगलबार बसेको एकता संयोजन समितिको बैठकमा प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंग्याएपछि दुई विषयमा सहमति जुट्न बाँकी छ । एकीकृत पार्टीको चुनाव चिह्न र संगठनमा संख्यात्मक प्रतिनिधित्व कुन पार्टीको कति रहने विवाद कायम छ । ‘जनयुद्धलाई प्रस्तावनामा राखिएपछि यो विषय टुंगिएको छ । अब सांगठनिक संरचनामा संख्यात्मक अनुपात र चुनाव चिह्नमा देखिएको असमझदारी मात्रै मिलाउन बाँकी छ,’ माओवादी नेता जनार्दन शर्माले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको अघिल्लो दिन २२ चैतमा यी विवाद टुंग्याउने निर्णय संयोजन समितिले गरेको छ । यसका लागि २२ चैतमा समितिको अर्को बैठक डाकिएको छ । ‘दुवै कार्यदलले औपचारिक रूपमा धेरै विषयमा सहमति गरेर आज एकता संयोजन समितिलाई बुझाएका छौँ,’ एमाले महासचिव इश्वर पोखरेलले भने, ‘कार्यदलले सहमति गर्न नसकेका विषयलाई २२ चैतमा बस्ने एकता संयोजन समिति बैठकले टुंग्याउनेछ ।’ तर, प्रधानमन्त्री भारत भ्रमणमा निस्किने अघिल्लो दिन सहमति गर्न खोज्नु भ्रमणलाई सकारात्मक बनाउनकै लागि भने नभएको पोखरेलको तर्क छ ।

बैठकमा कसले के भने ?
प्रधानमन्त्री ओलीले भने : हामी महत्वपूर्ण ऐतिहासिक काम गर्दै छौँ
हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टी एकताको एउटा महत्वपूर्ण ऐतिहासिक काम गर्दै छौँ । धेरै मिहिनेत गरेर एकतासम्बन्धी दस्ताबेज तयार पार्नुभएको छ । कार्यदलका सबै साथीहरूलाई धेरै–धेरै धन्यवाद ।

प्रचण्डले भने : अब एकता अघि बढ्यो
प्रधानमन्त्रीले जे भन्नुभयो मेरो कुरा पनि त्यही हो । साथीहरूले जुन मिहिनेतका साथ पार्टी एकतासम्बन्धी प्रतिवेदन बनाउनुभो, त्यसप्रति धन्यवाद व्यक्त गर्दछु । अब एकता अघि बढ्छ ।

सहमतिमै राजनीतिक प्रतिवेदन बनायौँ  : माधवकुमार नेपाल, राजनीतिक प्रतिवेदन कार्यदल संयोजक
सबै साथीहरूबीच कार्यविभाजन गरेर ४२ पेजको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पारेका छौँ । राजनीतिक कार्यदिशा, आमकार्यदिशा, रणनीतिक लक्ष्य, वर्तमान राजनीतिक परिस्थिति, समाजको चरित्र विश्लेषणलगायत सबै विषय प्रतिवेदनमा समेटिएको छ । दस्ताबेजमा कसैको पनि असहमति छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
तीन दिन मौसम बदली र पानी पर्ने
तीन दिन मौसम बदली र पानी पर्ने
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपालको बिरोध नेपालको विरोध
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
मन्त्री बन्न कांग्रेसमा लर्को ५० भन्दा धेरैले आश्वासन पाइसके क कस्लाई बनाउने मन्त्री ??
होसियार ! उपभोक्ता ठगे मुद्दा
होसियार ! उपभोक्ता ठगे मुद्दा
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयले बत्तीस काम
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा
सलमान खानलाई नेपाल ल्याउन नसकेपछि अायाेजक प्रहरी फन्दामा

तपाईंले छुटाउनुभयो कि?