पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
पचास लाख पर्यटक भित्र्याउने पूर्व सञ्चारमन्त्री सापकोटाको उद्घोष

सारांश

  • काठमाडौं, पुस १४ ।
  • पूर्व–सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य अग्नी प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको बताउँदै वाम गठबन्धनको सरकार बनेलगतै ५० लाख पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने बताएका छन् ।
  • राजधानीमा आज भएको नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को १४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन सम्बद्र्धन र व्यवस्थित गर्नको लागि सबैले आआफ्नो ठाउँबाट भैमिका खेल्नुपर्नेमा जोड दिए ।

काठमाडौं, पुस १४ । पूर्व–सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य अग्नी प्रसाद सापकोटाले नेपालको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकतामा राखेको बताउँदै वाम गठबन्धनको सरकार बनेलगतै ५० लाख पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने बताएका छन् ।

राजधानीमा आज भएको नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को १४औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन सम्बद्र्धन र व्यवस्थित गर्नको लागि सबैले आआफ्नो ठाउँबाट भैमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निर्वतमान अध्यक्ष हरेराम बराल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफुहरु लागिपर्ने र त्यसका लागि एनटीभीएसँग सहकार्य गरेर सहयोगीको रुपमा सदासर्वदा रहने बताए ।

सोही कार्यक्रमबीच एनटीभीएका संस्थापक अध्यक्ष रामहरी शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठका साथै न्युज २४ टेलिभिजनका समाचार संयोजक संगम बानियाँ, राजधानी दैनिकका बरिष्ठ समाचारदाता मधुजंग पाण्डे र शिखरपोष्टका प्रधान सम्पादक प्रकाश खालिङलाई सम्मान गरियो । उक्त साधारण सभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ ।

कार्की नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष तिलक लोहार, द्धितीय उपाध्यक्ष कैलाश कार्की, महासचिव सन्तोष न्यौपाने, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष शंखनारायण महर्जन रहेका छन् भने कार्यसमिति सदस्यहरुमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, सम्भुप्रसाद खकुरेल र अनिल मोक्तान रहेका छन् ।

एनटीभीएको निर्वाचन तालिकाअनुसार पुस १० गते मनोनयन दर्ता रहेको थियो । निर्वाचन मनोनयन समयावधिभित्र सम्बन्धित पदहरुमा १÷१ जनाको मात्रै मनोनयन परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

(rpmnwindiana.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?