तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १२, २०७७
|
|
४० पटक हेरिएको
Shares
तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?

सारांश

  • प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले सहमतिको सरकार गठनको प्रयास सुरु गरेका छन् ।
  • उक्त समूहले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहका नेताहरुसँग टेलिफोन संवाद गरेर सहमति र सहकार्यको राजनीतिलाई फेरि अगाडि बढाउनेबारे छलफल गरेका छन् ।
  • ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ ।

प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले सहमतिको सरकार गठनको प्रयास सुरु गरेका छन् । उक्त समूहले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहका नेताहरुसँग टेलिफोन संवाद गरेर सहमति र सहकार्यको राजनीतिलाई फेरि अगाडि बढाउनेबारे छलफल गरेका छन् ।

ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ ।

राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुनथालेको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रोक्ने पक्षमा देखिएका छन् ।–फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
आशन्न चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सुचारु: शल्यक्रियाको लामो पर्खाइ घटाउन पालो प्रणालीमा हेरफेर
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
दर्शकलाई पेट मिचिमिची हसाउँन “कमेडि को झड्का” आउँदै
जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
कामु प्रधान न्यायाधीशको प्रमाणपत्र शंकाको घेरामा
सी आउँदा र जाँदा विमानस्थल बन्द
सी आउँदा र जाँदा विमानस्थल बन्द
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित
‘लुट’का निर्मातको घरबाट बरामद गरिएको दुई करोड नक्कली भएको प्रमाणित