पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् ।
  • राष्ट्रिय विकास परिषद् बैठकमा प्रधानमन्त्रीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजना भएकोले परिवर्तित सन्दर्भलाई विशेष प्राथमिकता दिएर उठाएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औं पञ्चबर्षीय योजना देशको पहिचान बदल्ने दस्तावेज भएको बताएका छन् । राष्ट्रिय विकास परिषद् बैठकमा प्रधानमन्त्रीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको पहिलो पञ्चबर्षीय योजना भएकोले परिवर्तित सन्दर्भलाई विशेष प्राथमिकता दिएर उठाएको बताए ।

प्रधानमन्त्री ओलीले यसै योजनाकालमा नेपाल अविकसित मुलुकको सुचीबाट विकासोन्मुख देशको सुचीमा पुग्ने दाबी गरे ।

“१५औं पञ्चबर्षीय योेजनामा नेपालले धेरै उपलब्धी हासिल गर्छ । सबभन्दा ठूलो कुरा अविकसित देशको सुचीबाट हामी विकासोन्मुख देशमा परिणत हुनेछौं” प्रधानमन्त्री ओलीले भने, “हाम्रो देशमा भएका शिक्षा, स्वास्थ्य, गरिबी, शुसासन आदिका क्षेत्रबाट अविकसित देशको ‘अ’ हटाउनेछौं । त्यसकारण योजनाले नेपालको परिचय बदल्दछ ।”

प्रधानमन्त्री ओलीले यही योजनाकालमा राष्ट्रिय उत्पादनमा ५० प्रतिशत वृद्धि गर्ने बताएका छन् । नेपालमा भएको शासन प्रणाली विश्वका उत्कृष्ट व्यवस्थामा पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“कतिपयले सरकारले अधिनायकवाद ल्याउछ कि भन्छन् तर होइन यो सरकारले समाजवाद ल्याउछ । समृद्धिसँगै सामाजिक न्याय र समानता उपलब्धी हुन सक्यो भने समाजवाद आउछ” प्रधानमन्त्रीले भने, “हामी राजनीतिक, आर्थिक, सामाजिक न्याय, समानता, उत्थान, विकास, मानव सुचकांक, वातवरणीय सजगता, साँस्कृतिक चेतना हरेक दृष्टिकोणले देशलाई समृद्ध बनाउदैछौं ।”

प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको १५ औं पञ्चवर्षीय योजना प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पास गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?