दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
१४ पटक हेरिएको
Shares
दाङमा जन्ती बोकेको जीप दुर्घटना, ६ को मृत्यु

सारांश

  • दाङ ।
  • दाङको लमही नगरपालिका–९ रिहार नजिक जीप र वस ठोक्किदा ६ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।
  • चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

दाङ । दाङको लमही नगरपालिका–९ रिहार नजिक जीप र वस ठोक्किदा ६ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

जीपमा सवार आठ जनामध्ये ६ जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुईजना घाइतेको कोहलपुरमा उपचार भैरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवा आमा र आफन्त छन् । दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका ८ का ५३ वर्षीय मानबहादुर केसी, आमा ४५ वर्षीय विमला खत्री र आफन्त ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दिपककुमार खड्काको ज्यान गएको छ ।

त्यस्तै, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको पनि ज्यान गएकोे प्रहरीले जनाएको छ । दुर्घटनामा ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । दुलाहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?