गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षाको चेतावनी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

काठमाडौं। हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा रहेको तथा बाँकी भेगमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

साथै विभागले आज राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधार वर्षा हुनसक्ने जनाउँदै ती स्थानका सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा रहेको छ। गण्डकी प्रदेशका केही तथा कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशका केही स्थान, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव तथा बाढीपहिरोको जोखिम रहेको विभागले बताएको छ।

भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
चिनियाँ राष्ट्रपति उत्तर कोरियाको भ्रमणमा
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
‘स्थायी कमिटी बैठकमा मन्त्री फेरबदलको कुरा पनि उठेको छ’
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
लोप हुँदै बाघमुखे चुलेसी
लोप हुँदै बाघमुखे चुलेसी