वायु सेवा निगमका १४ कर्मचारी कोरोना परास्त गर्न सफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ४, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ४ साउन : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
  • विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् ।
  • उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिभ ।

काठमाडौँ, ४ साउन : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिभ ।

विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उहाँले बताए ।

कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो । देशले खटाएको उद्धार उडानमा साहसिक जिम्मेवारीमा खटिने आफ्ना उडान कर्मचारीप्रति निगमले हार्दिक आभार व्यक्त पनि गरेको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरिरहेका छन् , नेता खाँण
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
‘राजनीतिज्ञ, कर्मचारी, बिचौलियाको ‘नेक्सस’माथि निगरानी गर्नुपर्छ’
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
बालककाे हत्या गरेपछि  १० लाख रुपैयाँ फिरौती !
बालककाे हत्या गरेपछि १० लाख रुपैयाँ फिरौती !
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
मलेशियामा युनिक धमाका मिडिया पार्टनर शिखर न्युज ।
काठमाडौंको आजको तापक्रम यो वर्षकै कम
काठमाडौंको आजको तापक्रम यो वर्षकै कम
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…

तपाईंले छुटाउनुभयो कि?