नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेपाली मन जसले मान्छेलाई मृत्युको मुखबाट फर्काउँछ

सारांश

  • काठमाडौं, १२ भदौ ।
  • काल पर्खेर बसिरहेको एउटा मान्छे ।
  • निरीह र असहाय बनेर मृत्यु अँगाल्न उसकै प्रतिक्षामा बसिरहेको मान्छे ।

काठमाडौं, १२ भदौ । काल पर्खेर बसिरहेको एउटा मान्छे । निरीह र असहाय बनेर मृत्यु अँगाल्न उसकै प्रतिक्षामा बसिरहेको मान्छे । हो, मृत्युको मुखमा पुगिसकेको मान्छेलाई कसैले फर्काउन सक्छ ? अब ढुक्क भएर भन्न सकिन्छ, फर्काउन सक्छ र त्यो हो नेपाली मन ।

ब्लडमनी तिर्न नसकेर विगत ११ महिनादेखि साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई त्यस्तै भएको छ । मृत्यदण्ड कुरेर बसिरहेका रानामगरलाई बचाउन साउदी अरबबाट संकलित रकम नेपालमा हस्तान्तरण गरिएको छ । आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदी अरबमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुले संकलन गरेको रकम सोमबार काठमाडौंमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

मगर अन्तर्राष्ट्रिय मञ्चको आव्हानमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, जनप्रगतिशील मञ्च, लाङघाली स्पोर्टस् समूह, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले कुमार रानाको जीवन रक्षाका लागि साउदी अरबमा संकलित रकम १२ लाख १६ हजार सात सय ७७ रुपैयाँ रकम हस्तान्तरण गरिएको हो ।

नेतृत्वकर्ता सुनारीका श्रीमती कुमारी सुनारी मगरको उपस्थितिमा नेपाल मगर संघका विदेश विभाग सचिव रक्षबहादुर रैका मगर, संघका कोषाध्यक्ष कमला थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ, पारिवारिक सेवा समाज साउदीका अर्जुन गमन तामाङले “कुमार राना बचाउनका निम्ति ब्लडमणी संकलन अभियान” का संयोजक कृष्णप्रसाद ढकाल र कुमार रानाका श्रीमती अम्बिका रानालाई हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा रकम बुझ्दै अभियानका संयोजक ढकालले साउदी अदालतले तोकेको २ लाख ९४ हजार रियलमध्ये पीडित पक्षसँग कुराकानी गर्दा ४४ हजार रुपैयाँ पीडित पक्षले माफी दिने लिखित सहमति भएको बताउँदै कुमारले काम गर्ने कम्पनीले ५० हजार रियल दिने मौखिक सहमति गरेको बताए । तर कम्पनीले लिखित सहमति नगरेकाले उक्त रकम अहिलेसम्म निश्चित नभएको बताए ।

अभियानका संयोजक ढकालले कम्पनीले रकम उपलब्ध गराएमा अदालतले तोकेको ब्लडमनि संकलन भइसकेको र कम्पनीले आश्वासन दिएको रकम नआएमा अझै थप ७ लाख रुपैयाँ जति आवश्यक पर्ने बताए । अभियानका अनुसार हालसम्म करिब ६७ लाख १६ हजार बढी रकम संकलन भइसकेको छ ।

रोजगारीका लागि साउदी गएका गोरखाका कुमार राना कम्पनीको गाडी चलाउँदा दुर्घटनामा परेका थिए । दुर्घटनामा साउदीका नागरिक घाइते भई ८३ लाख रुपैयाँ माग दाबी गर्दै उनलाई जेल पठाइएको थियो ।

यसअघि सुनारीको नेतृत्वमा ब्लडमनि तिर्न नसकेर साउदी जेलमा रहेका रोल्पाका दिलबहादुर घर्ती मगरलाई बचाउन ९ लाख २७ हजार १ सय १८ रुपैयाँ सहयोग गरिएको थियोे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?