शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
शरिरमा पानीको कमी भए यस्ता लक्षण देखा पर्न थाल्छ

सारांश

  • हामीलाई शरीरमा पानीको कमी भयो भने विभिन्न समस्याहरु देखा पर्न थाल्छ तर हामीलाई के भएर यस्ता समस्या देखिएका छन् भन्ने थाहा हुँदैन ।
  • शरिरमा पानीको कमी भए कस्ता लक्षणहरु देखिन्छन् त ?
  • टाउको साह्रो गरी दुख्छः टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो ।

हामीलाई शरीरमा पानीको कमी भयो भने विभिन्न समस्याहरु देखा पर्न थाल्छ तर हामीलाई के भएर यस्ता समस्या देखिएका छन् भन्ने थाहा हुँदैन । शरिरमा पानीको कमी भए कस्ता लक्षणहरु देखिन्छन् त ?

टाउको साह्रो गरी दुख्छः टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

खानासाथ तत्काल भोक लाग्छः बढी तिर्खा लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुनेः जब तपाईं आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

काममा ध्यान जाँदैनः दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

छाला सुक्खा हुन्छः चलिरहेको मौसम विपरीत प्रायस् तपाईंको छाला सुक्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाईं नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकतअनुसार प्रशस्त पानी पिउनुपर्छ ।

पिसाब पहेँलो हुनेः तपाईंले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नुभयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने तपाईंलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।

एसिडिटी बढ्छः तपाईंलाई एसिडिटी बढेको छ, दिसामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण तपाईं प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठीक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कमी गराउँछ ।

धढ्कन बढाउँछः यदि तपाईंको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा संकेत हो ।

चक्कर लाग्ने वा अचानक डराउनेः अचानक चक्कर आउने केरै कारण हुन सक्छ, कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउनेलगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउनेः यदि तपाईंको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुक्खा रहन्छः प्रायस् मुख सुक्खा हुन्छ भने त्यो पानीको कमी भएको संकेत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने्बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दबाइ खाँदा पनि मुख सुक्खा हुन्छ । यी दुई कुरामा भने झुक्किन हुँदैन ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छः पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
प्रधानमन्त्री ओलीलाई शान्ति विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधिको उपाधि !
कांग्रेस र राजपाबीच विवाद चर्कदा बलरामा मतगणना रोकियो !
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी
भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
पत्रकार क्षितिज समर्पण अभिनित ‘क्यारम मायालाई’ सार्वजनिक (भिडियो सहित )
मन्त्रीले उद्घाटन गरेको कार्यालय खोइ!
मन्त्रीले उद्घाटन गरेको कार्यालय खोइ!
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, हातले टेकेर ३ किमि हिड्छन्
विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, हातले टेकेर ३ किमि हिड्छन्
1xbet Mobi Tətbiqetməsi, 1xbet Apk 1xbet Mobile Xüsusiyyətlər