पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !

सारांश

  • २५ मंसिर, कन्चनपुर ।
  • कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् ।
  • विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।

२५ मंसिर, कन्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् । विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।

विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् ।

विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?